छोरालाई झुण्ड्यापछि आमाद्वारा आत्महत्या
@Admin:Keshab
ujyaalo
नवलपरासी, मंसिर २४ - आफ्नो सात वर्षिय छोरालाई भुण्ड्याएर मारेपछि आमाले आत्महत्या गरेकी छिन् ।
नवलपरासीको कोल्हुवा–८ की २७ बर्षीय नेतकुमारी चौधरीले छोरा प्रकाश
चौधरीलाई झुण्ड्याएर मारेपछि आफूले समेत आत्महत्या गरेको ईलाका प्रहरी
कार्यालय कावासोतीले जनाएको छ ।
घरभित्र कोही नभएको मौका छोपेर चौधरीले छोरालाई झुण्ड्याएरको र आफूले पनि
आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको ईलाका
प्रहरी कार्यालय कावासोतीको डिएसपी नान्तिराज गुरुङ्गले बताउनुभयो ।
शनिवार दिउँसो दुई बजेतिर घर भित्रको बलोमा उनीहरुलाई झुण्डिएको अबस्थामा देखेपछि स्थानीयबासिन्दाले प्रहरीलाई खबर गरेका थिए ।
महिलाका श्रीमान् कृष्णलाल चौधरी बाहिर घुम्न गएका बेला घटना भएको प्रहरीले जनाएको छ ।
शवलाई शनिवार नै प्राथमिक स्वास्थ्य केन्द्र चोरामारा लगिएको भएपनि अहिले
सम्म पोष्टमार्टमको रिपोर्ट नआएको डिएसपी गुरुङ्गले जानकारी दिनुभयो ।
शनिवार दिउँसो दुई बजेतिर घर भित्रको बलोमा उनीहरुलाई झुण्डिएको अबस्थामा देखेपछि स्थानीयबासिन्दाले प्रहरीलाई खबर गरेका थिए ।
महिलाका श्रीमान् कृष्णलाल चौधरी बाहिर घुम्न गएका बेला घटना भएको प्रहरीले जनाएको छ ।
शवलाई शनिवार नै प्राथमिक स्वास्थ्य केन्द्र चोरामारा लगिएको भएपनि अहिले सम्म पोष्टमार्टमको रिपोर्ट नआएको डिएसपी गुरुङ्गले जानकारी दिनुभयो ।
No comments:
Post a Comment