प्रधानमन्त्रीले जाँड खाए, गोडा धुन दिएनन्,
२३ मंसिर, कैलाली । जनताको घरमा बास बस्ने अभियान अन्तर्गत कैलालीको
टीकापुर स्थित मुक्तकमैया शिविर पुग्नुभएका प्रधानमन्त्री बाबुराम
भट्टराईले मुसाको अचार, ढिकरी र जाँड खानुभयो ।
टीकापुर
नगरपालीकाको विजयनगरका बाबुराम चौधरीको घरमा बस्नुभएका प्रधानमन्त्रीलाई
थारु परम्परा अनुसार स्वागत सत्कार गरिएको थियो । प्रधानमन्त्रीलाई दिन
तयार पारिएको जाँड देखेर उहाँले भन्नुभयो ‘मलाई मदिरा पिउने बानी छैन् तर,
सम्मानको लागि एक घुट्को लिन्छु ।’ मुसाको अचार पनि प्रधानमन्त्रीले मिठो
मानेर खानुभयो ।
थारु परम्परा
अनुसार आफ्नो घरमा आउने पाहुनाहरुका लागि मुसाको चटनी, जाँड तथा ढिकरीको
परिकार खुवाउने र खुट्टा धोएर ढोग्ने चलन रहेको छ । सोही परम्पराअनुसार
बाबुरामको परिवारले प्रधानमन्त्रीको स्वागत गरेपनि उहाँले खुट्टा धोएर
ढोग्न भने मान्नुभएन । ‘यो सामन्ती संस्कार चाहिं मलाई नगराउनुस’ भन्दै
खुट्टा धुन दिन भट्टराईले अस्वीकार गर्नुभएको थियो ।
प्रधानमन्त्री भट्टराईको स्वागतका लागि पुरै मुक्त कमैया बस्तीका बासिन्दा २
दिनदेखि नै खानपान र बसोबास व्यवस्थापनका लागि जुटेका थिए । ‘मुक्त कमैया
शिविरमा प्रधानमन्त्री आउनु भनेको सवै कमैयाको घरमा आउनु जस्तै हो’ भन्दै
उनीहरुले प्रधानमन्त्रीको स्वागत गरेका थिए ।
साँझ खानपानसँगै प्रधानमन्त्रीले मुक्त कमैयाका गुनासाहरु पनि सुन्नुभएको थियो ,
प्रधानमन्त्री भट्टराईको स्वागतका लागि पुरै मुक्त कमैया बस्तीका बासिन्दा २ दिनदेखि नै खानपान र बसोबास व्यवस्थापनका लागि जुटेका थिए । ‘मुक्त कमैया शिविरमा प्रधानमन्त्री आउनु भनेको सवै कमैयाको घरमा आउनु जस्तै हो’ भन्दै उनीहरुले प्रधानमन्त्रीको स्वागत गरेका थिए ।
साँझ खानपानसँगै प्रधानमन्त्रीले मुक्त कमैयाका गुनासाहरु पनि सुन्नुभएको थियो ,
No comments:
Post a Comment