Home » , » सुन्दर सुदूरपश्चिम अभियान सुरु

सुन्दर सुदूरपश्चिम अभियान सुरु

Written By Unknown on Friday, December 7, 2012 | 8:45 PM


काठमाडौ, मंसिर - सरकार पर्यटन वर्षको तयारीमा जुटिरहेका बेला सुदूरपश्चिमका धार्मिक र पर्यटकीय स्थलको प्रचार गर्न सुदुरपश्चिमेलीहरूले 'सुन्दर सुदूरपश्चिम' अभियान थालेका छन् ।

कैलाली उद्योग वाणिज्य संघ र सुदूरपश्चिम बस तथा मिनिबस व्यवसायी समितिले संयुक्त रूपमा थालेको अभियान गोंगबुस्थित बसपार्कबाट सुरु भएको हो । अभियानको उद्घाटनका लागि निम्त्याइएका पर्यटनमन्त्री शरदसिंह भण्डारी माओवादी कार्यकर्ताले कालो झन्डा देखाई विरोध प्रदर्शन गर्ने जानकारी पाएपछि उपस्थित भएनन् । उनी नआएपछि अभियानको उद्घाटन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष दिनेश भण्डारी र उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष भाष्करराज कणिर्कारले संयुक्त रूपमा गरेका थिए । अभियानको थालनीमा गोंगबुदेखि धनगढी, सिलगढी र साफेबगर रुटमा चल्ने १ दर्जन बसमा सुदूरपश्चिमका पर्यटकीय स्थलको स्टिकर टाँसिएको थियो । समितिका अध्यक्ष टेकराज जोशीका अनुसार उक्त समिति मातहतबाट देशभर सञ्चालन हुने २ सय ४६ वटा बसमा एक साताभित्र स्टिकर टाँसिनेछ । ती स्टिकरमा दक्षिण एसियामा चर्चित कणर्ाली र महाकाली नदीको झोलुङ्गे पुल, घोडाघोडी ताल, खप्तडलगायतका पर्यटकीय र धार्मिक स्थलका तस्बिर छन् । 'अभावग्रस्त क्षेत्रका रूपमा प्रचार गरिएको सुदूरपश्चिमलाई पर्यटकीय, कृषि र व्यापारका सम्भावना भएको क्षेत्रका रूपमा पहिचान गराउने अभियानको मुख्य लक्ष्य रहेको महासंघका अध्यक्ष भण्डारीले बताए । ४ हजारभन्दा बढी पोस्टर तयार पारेको अभियानले यसअघि ३ वटा महोत्सव गरिसकेको बताउँदै भण्डारीले पर्यटकीय सम्भावनाको प्रचूरता देखाउन अघिल्लो वर्ष राजधानीमा फोटो प्रदर्शनी पनि गरेको बताए ।

कणर्ाली र महाकाली नदी रहेको सुदूरपश्चिममा धार्मिक पर्यटकको सम्भावना पनि अत्यधिक छ । भारतको हरिद्वार प्रवेश गर्ने नाकाको रूपमा रहेको सिद्धबाबा मन्दिरमा वाषिर्क लाखौं भारतीय धार्मिक पर्यटक आउने गर्छन् । भारतका विभिन्न तीर्थयात्रा सकेपछि उत्तरप्रदेश र उत्तराञ्चलको गोरखपुर, लखनउ, बरेली, कानपुरवासी सुदूरपश्चिमको धार्मिक यात्रा गरी फर्किन्छन् । अभियानले ७ बहिनीका नामले प्रख्यात सेती र महाकालीका ७ वटा प्रख्यात देवीका मन्दिरको प्रचारलाई पनि समेटेको छ ।

प्रकाशित मिति: २०६६ मंसिर १९ १०:३५


Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. सुन्दर सुदूरपश्चिम - All Rights Reserved
Template Created by Creating Website
Proudly powered by Blogger