Written By Unknown on Sunday, December 9, 2012 | 7:00 AM

मोबाइलमा सबैभन्दा धेरै डाउनलोड भइन क्याटरीना
************************************
करीना कपूर र प्रियंका चोपडालाइ पछि पार्दै क्याटरीना क्याफ सन २०१२ की मोबाइल फोनमा सबैभन्दा धेरै डाउनलोड गरिने हस्ती बनेकी छन् । तश्विरहरू डाउनलोड गरिएको श्रेणीमा एक था टाइगर स्टार क्याटरीना लगातार चौथो वर्ष शीर्ष स्थानमा रहेकी छन् । एयरटेल मोबीट्यूड २०१२ को तथ्याङ्क अनुसार क्याटरीना बाहेक शीर्ष पांचमा करीना कपूर, प्रियंका चोपडा, अनुष्का शर्मा र विद्या बालन सहभागी छन् ।

बलीउड स्टार्सको वालपेपर डाउनलोडको श्रेणीमा शाहरूख खान नम्बर एकमा रहेका छन् । त्यसपछि सलमान खान, अजय देवगन, अक्षय कुमार र रणबीर कपूरको स्थान रहेको छ । लगातार तेश्रो बर्ष अमिर खानले सूचीमा कुनै स्थान पाएनन् ।

दक्षिण भारतमा तस्वीरहरू डाउनलोड गर्ने ट्रेन्ड बलिउडको तुलनामा अझै बढि छ । टलिउडकी अभिनेत्री त्रिशा यस दौडमा शीर्षमा रहेकी छन् । बलिउडका शीर्ष पांच अभिनेताहरूको गरिएको जम्मा डाउनलोड तुलनामा त्रिशाको तस्वीरहरू ३२५ प्रतिशत धेरै डाउनलोड गरिएको थियो ।

इन्टरनेटमा लोकप्रिय गीत ‘कोलावेरी डी’ यस वर्ष पनि भारतीय मोबाइल इन्टरनेट उपयोक्ताहरूका बिचमा पहिलो रोजाइमा परेको छ । यस पछि दोश्रो स्थान सलमान खानको फिल्म बडीगार्डको गीत ‘तेरी मेरी प्रेम कहानी’ परेको छ ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. सुन्दर सुदूरपश्चिम - All Rights Reserved
Template Created by Creating Website
Proudly powered by Blogger